Main News

ओलीविरुद्धको मोर्चाबन्दीलाई थप कसिलो बनाउने कांग्रेसको निर्णय

हिमालय टिभी
२०७८ असार ४ गते १९:३५
ओलीविरुद्धको मोर्चाबन्दीलाई थप कसिलो बनाउने कांग्रेसको निर्णय

४ असार २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्धको मोर्चाबन्दीलाई थप कसिलो बनाउने निर्णय गरेको छ ।

लोकतन्त्र र संविधान रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्य समितिले निष्कर्ष निकालेको छ ।

बैठकपछि सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने राजनीतिक दल र व्यक्तिलाई समेटेर एकताबद्ध रुपमा अगाडी बढ्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने पदाधिकारी बैठकको निर्णय अनुमोदन गरेको छ ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *