Main News
नयाँ सरकारलाई सहयोग गर्छुः निवर्तमान मुख्यमन्त्री गुरुङ (भिडियो रिपोर्टसहित)
२०७८ असार ४ गते १८:१२

४ असार २०७८ पोखरा । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता बलियो बनाउनका लागि आफूले नयाँ सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।
प्रदेशसभामा आज बोल्दै नेता गुरुङले संघीयताको पक्षमा डटेर लागेमा यो सरकारलाई सघाउन नेकपा एमाले तयार रहेको बताउनुभयो ।
नेता गुरुङले संघीय सरकारको मानसिकता अहिले पनि संघीयताविरोधी रहेको आरोप लगाउनुभयो ।
उहाँले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको कार्यकाल सफल होस भनेर शुभकामना समेत दिनुभयो ।
प्रतिक्रिया