Main News
महाकालीमा जलसतह बढेकाले सतर्कता अपनाउन प्रशासनको आग्रह
२०७८ असार ४ गते १३:४६
४ असार २०७८ दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सजकता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो। आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको थियो ।
नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ। नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।
विक्रम सम्वत २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्तीमा भने जोखिम बढेको छ ।
प्रतिक्रिया