Main News

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा १५ जनाको मृत्यु, २५ जना बेपत्ता

हिमालय टिभी
२०७८ असार ४ गते ८:३३
बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा १५ जनाको मृत्यु, २५ जना बेपत्ता

४ असार २०७८ काठमाडौं । विगत ४ दिनको अवधिमा देशभरका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार जेठ ३१ गतेदेखि हिजो साँझसम्म देशभरका विभिन्न जिल्लामा गएको बाढी पहिरोमा परेर १५ जनाको मृत्यु भएको हो ।

यस्तै बाढी र पहिरोमा परेर अहिलेसम्म २५ जना बेपत्ता रहेका र ११ जना घाइते भएका केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ९ जना बाढीमा र ६ जना पहिरोमा परेर मृत्यु भएको हो । जसमा सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रे, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ ।

यस्तै डोटीमा ३ र पाल्पा, कालिकोट र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको छ । यस्तै बाढी र पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् । जसमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १५ जना बेपत्ता भएका छन् भने जाजरकोटमा ७ जना बेपत्ता भएका छन् । यस्तै रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएका केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकमा नै सबैभन्दा बढी ६ जना बाढीमा परेर घाइते भएका छन् भने जुम्लामा र डोटीमा २–२ जना घाइते भएका छन् । स्याङजामा पनि १ जना घाइते भएका छन् । यस्तै मनाङमा सबैभन्दा बढी ५९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने २० घरमा आंशिक क्षती पुगेको छ ।

सिन्धुपाल्चोकमा १६ घरमा पुर्ण रुपमा क्षती पुगेको छ । लमजुङमा १८ घरमा पूर्ण क्षती र ७७ घरमा आंशिक क्षथि पुगेको छ । १४ जिल्लामा गरेर १ सय २९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने १ सय १४ घरमा आंशिक क्षती भएको छ । मुलुकभरका २२ जिल्लामा बाढी, पहिरो र अविरल बर्षाको प्रभाव परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *