विदेश

रुसी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता, ठोस प्रगति भने हुन सकेन

हिमालय टिभी
२०७८ असार ३ गते ८:३४
रुसी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता, ठोस प्रगति भने हुन सकेन

३ असार २०७८ जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्डको राजधानी जेनेभामा भेटपछि दुबैले भेटको प्रशंसा गरे । दुई देशको सम्बन्धमा तनाव आइरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा छलफल चलेको थियो । तर दुई नेताबीच पहिलो बहुप्रतिक्षित प्रत्यक्ष भेटवार्तामा मतभेद र तनाव अन्त्यका लागि भने कुनै ठोस प्रगति हुन नसकेको बताइएको छ ।

यसअघि सन् २ हजार १८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच फिनल्याण्डमा भेट भएको थियो । पुटिनले भेटवार्ता रचनात्मक भएको प्रतिक्रिया दिंदै दुबै देशबीच शत्रुता उत्पन्न भएको आफूलाई नलागेको बताए ।

त्यस्तै बाइडेनले आफू जुन कामका लागि आएको त्यो पूरा भएको उल्लेख गरे । आफूले आफ्ना एजेण्डा पुटिनसँग प्रष्ट रुपमा राखेको बताउँदै आफू अमेरिकाको लागि भएको तर रुस वा कुनै व्यक्तिविरुद्ध नभएको प्रष्ट परे ।

त्यस्तै कुराकानी गरेर थप समय खर्चिनु आवश्यक नरहेको र रुससँगको सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बाइडेनले उल्लेख गरे। दुबै पक्षले परमाणु हतियार नियन्त्रणबारे छलफल जारी राख्ने सहमति जनाएका छन् । दुबै देशले अब एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गरेका छन् ।

सन् २ हजार २० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको अमेरिकी आरोपपछि दुबै देशले आ(आफ्ना राजदूत फिर्ता गरेका थिए ।

त्यस्तै भेटवार्तामा साइबर सुरक्षामा मिलेर काम गर्न पनि सहमत भएका छन् । बैठकअघि दुबै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *