Main News

प्राकृतिक विपद्सँग जुध्न दाङमा यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते २०:२६
प्राकृतिक विपद्सँग जुध्न दाङमा यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

२ असार २०७८ दाङ । दाङ पनि बाढी, पहिरो र डुबान बढी हुने जिल्लामा पर्छ । जिल्लाको देउखुरी क्षेत्र र बबई नदी किनारका बस्ती जोखिममा छन् । विपदबाट बच्न प्रशासन र स्थानीय सरकारले पूर्व तयारी गरेको जनाइरहँदा नागरिक भने त्रासमा छन् ।

दाङ क्षेत्रमा पनि विगत ४ दिनयता लगातार वर्षा भइरहेको छ । राप्ति नदीको बाढीमा फसेका ४ जनालाई १२ घन्टापछि सकुशल उद्धार गरिएको छ ।

यसपटक धेरै पानी पर्ने अनुमान गरिएपछि सरोाकारवाला निकायले विपदबाट बच्न तयारी गरेको बताएका छन् । तर जोखिम क्षेत्रका नागरिक भने त्रासमै छन् । बबई नदीको तटीय क्षेत्रका नागरिक वर्षायामभर रातभर जागै बस्ने गरेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बाढीपहिरो र डुबानको जोखिममा छन् । त्यसैले स्थानीय तहले पनि बाढी पहिरोबाट बच्न आवश्यक उपकरणसहित तयारी गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पनि तयारी अवस्थामा छ । विभिन्न संघसंस्था तथा नेपाली सेना र प्रहरीसंग सहकार्य गरी मनसुन प्रतिकार्य योजना बनाएको प्रशासनले जनाएको छ ।

दाङमा राप्ती र बबई नदी तथा खहरे खोलामा आउने बाढीले बढी क्षति गर्ने गरेको छ । प्रशासन तथा स्थानीय सरकारले यो पटक पहिले भन्दा गतिलोसँग पूर्वतयारी गरेको दाबी गरेका छन् । वर्षा कायमै रहेकाले जोखिम क्षेत्रमा बसोवास गर्ने नागरिक पनि सचेत हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *