नारायणी नदीमा पानीको सहत केही घट्यो

हिमालय टिभी
२०७८ असार २ गते १८:५३
नारायणी नदीमा पानीको सहत केही घट्यो

२ असार २०७८ चितवन । वर्षाका कारण नारायणी नदीमा खतरा भन्दा माथि पुगेको पानीको सतह आज केही घटेको छ ।

पानीको सतह घटेपनि खतरा नटरेको नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नारायणी नदीमा हिजो देखिएको पानीको सतह ४० वर्ष यताकै सबैभन्दा ठुलो हो ।

नदीमा पानीको सतह गए राति १० दशमलव ४६ मिटर पुगेको थियो । पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९ सय ९२ घनमिटर प्रतिसेकेण्ड हो ।

आज बिहानदेख पानी पर्न केही कम भएकाले नारायणीमा पानीको सतह घट्दै गएको जलमापन केन्द्र देवघाटले जनाएको छ । लगातार बर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायलाई जिल्ला प्रशासन कार्यालय चितवनले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा बस्न भनेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं २६ नारायणी नदी छेउछाउका सिसही, सिम्रेनी क्षेत्रमा नदीबाट कटान हुन सक्ने बताइएको छ । त्यो क्षेत्रका १५ घर स्थानियलाई सुरक्षित स्थलमा सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *