Main News

कस्तो छ विपद पूर्वको सरकारी तयारी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते १४:२२
कस्तो छ विपद पूर्वको सरकारी तयारी ? (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौं । नेपालमा वर्षा याममा बाढीपहिरो लगायतका विपद्का कारण जनधनको क्षति हुने गरेको छ । तर वर्षेनी हुने विपदमा राज्यको तयारी भने फितलो देखिन्छ ।

असारको पहिलो दिनमै मनाङको तालगाउँमा बाढीले केही घर बगायो । मनसुन शुरु भएसँगै देशभर बाढी पहिरोको जोखिम बढेको छ । मनाङको तालगाउँ मात्रै होइन, धेरै स्थानमा बाढी पहिरो जाने क्रम बढ्दै जाने सरकारी निकायले चेतावनी दिइसकेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष पहिले भन्दा बढी पानी पर्ने सम्भावना छ । त्यसबाट लाखौं नागरिक प्रभावित हुनेछन् ।

सरकारले यो वर्ष बाढी पहिरोबाट १८ लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण तराईका सबै जिल्ला र पहिरोका कारण पहाड र हिमाली क्षेत्रका केही जिल्ला बढी प्रभावित हु्नेछन् ।

यो वर्ष बाढी पहिरोले जनधनको धेरै क्षति गर्न सक्ने भन्दै सरकारी निकायले सावधानी अपनाउन आग्रह गरिरहेका छन् । विपद व्यवस्थापनका लागि उनीहरुको तयारी कस्तो छ त ?

सरकारले हरेक वर्ष पूर्व तयारी गरेको बताउँछ । तर विपदका बेला भने उद्धार र राहतका काम सधै सुस्त देखिन्छ । जोखिम व्यवस्थापन विज्ञ पनि राज्यले गरेको तयारी एकदम फितलो रहेको बताउँछन् ।

पछिल्लो एक दशकमा बाढीका कारण ७ सय ५२ जनाको मृत्यु भएको छ । ४ सय ७७ जना बेपत्ता छन् । पहिरोमा परी ९ सय चार जनाको ज्यान गएको छ भने २ सय ३३ जना हराइरहेका छन् । धनमालको क्षति पनि ठुलो छ । सरकारले विगतमा गरेका कमजोरी नसच्चाए यो वर्ष पनि जनधनको ठुलो क्षति हुन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *