Main News

सिन्धुपाल्चोकमा हरेक वर्ष बाढीपहिरो, यस्ता छन् ०७१ यता भएका ठुलो जनधनको क्षति

हिमालय टिभी
२०७८ असार २ गते १३:२१
सिन्धुपाल्चोकमा हरेक वर्ष बाढीपहिरो, यस्ता छन् ०७१ यता भएका ठुलो जनधनको क्षति

२ असार २०७८ काठमाडौं । हरेक वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक बाढी पहिरोको चपेटामा पर्ने गरेको छ २०७१ सालयता हरेक वर्ष ठूलो संख्यामा जनधनको क्षति हुने गरेको छ ।

२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो। घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १ सय ५३ घर पूर्णरूपमा क्षति भएका थिए ।

२०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो । भूकम्पले १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्णरुपमा क्षति भयो ।

२०७३ असार २१ गतेको भोटेकोशी नदीको बाढीले लिपिङ बजारका ३० घर बगाउनुका साथै तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुगेको थियो ।

२०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भए ।

लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो । २०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो ।

२०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । २०७७ साउन ३० बिहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनालाई मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *