Main News

लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७८ असार १ गते १३:१४
लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

१ असार २०७८ धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका– १० जोगीमाराको तिक्राङ खानीमा हेटौडा सिमेन्टको चुनढुङगा खानीबाट खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

बिहानैदेखि सडकमाथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गजुरी धादिङले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट अत्यावश्यक सामग्री लिएर काठमाडौंतर्फ आइरहेको दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।अहिले सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *