विदेश

सैन्य हिरासतमा रहेकी नेतृ सुचीमाथिको सुनुवाइ शुरु

हिमालय टिभी
२०७८ असार १ गते ८:१७
सैन्य हिरासतमा रहेकी नेतृ सुचीमाथिको सुनुवाइ शुरु

१ असार २०७८ म्यान्मारं । सैन्य हिरासतमा रहेकी म्यानमारकी नेतृ आङसाङ सुचीमाथिको सुनुवाइ शुरु भएको छ ।

प्रजातन्त्रवादी नेतृ सुचीलाई हिरासतमा राखिएको चार महिनाभन्दा बढी समयपछि हिजोदेखि अदालतमा सुनुवाइ भएको हो । उनीमाथि लगाइएका आरोपहरुमाथि सुनुवाइ शुरु भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।

उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्दा लगाएको छ । आजको सुनुवाईका क्रममा नेशनल लीग फर डेमोक्रेसी, एनएलडीका नेताहरू पनि उपस्थित जनाइएको छ ।

७५ वर्षीया नेतृ सुकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदानविरुद्ध दाग लगाउन सैनिक सरकारले अनेक आरोप लगाएको उनको वकिलको भनाइ छ । उनीमाथि अनियमितता लगायतका विभिन्न आरोप लगाएको छ ।

म्यानमारमा गएको फेब्रअरी १ तारिखमा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

लगत्तै सेनाले सत्ता नियन्त्रणमा लिंदै एक वर्षका लागि संकटकाल घोषणा घोषणा गरेको थियो । शासन सत्ता नियन्त्रणमा लिएसँगै म्यानमारमा शुरु नागरिक आन्दोलन अझै जारी छ।

आन्दोलनका क्रममा अहिलेसम्म ८ सय ४० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं बढी घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *