Main News

एक करोड २० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

हिमालय टिभी
२०७८ असार १ गते ८:०२
एक करोड २० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

१ असार २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ ।

२० प्रतिशत अर्थात ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।

स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गरेर त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए ।

चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि स्वास्थ्य अधिकारीहरू आन्तरिक छलफलमा जुटेका थिए ।

स्वास्थ्य सेवा विभागमा भएको छलफलमा तत्काल २० प्रतिशत नागरिकलाई खोप आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो । सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ ।

अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ ।

चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसभन्दा अगाडि आठ लाख डोज खोप दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *