Political Hightlights

सांसद थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चद्वारा सदर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते १६:५७
सांसद थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चद्वारा सदर (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै थापाको सांसद पद गएको छ ।

जेठ २२ गतेको कामकाजमा रोक नलगाउने अन्तरिम आदेश आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेको हो ।

अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टा छुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए। निवेदनमा आज सुनुवाइ गर्दै श्रेष्ठ र रेग्मीको संयुक्त इजलासले निवेदकको माग बमोजिम आदेश खारेज गर्दै अन्तिम आदेश जारी गरेको हो।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले जेठ २२ गते थापामाथि भएको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले आदेश गरेपछि पनि जनमोर्चाले फेरि पार्टी निर्देशन नमानेको भन्दै हटाएपछि प्रदेश सभाले थापालाई दोस्रो पटक पदमुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्