Main News

बाँकेमा कोरोना संक्रमितका लागि छुट्याइएका ७० प्रतिशत बेड खाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते १६:३८
बाँकेमा कोरोना संक्रमितका लागि छुट्याइएका ७० प्रतिशत बेड खाली (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ बाँके । बाँकेको नेपालगञ्ज र कोहलपुरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्टयाइएका करिब ७० प्रतिशत बेड खाली भएका छन् ।

भेरी अस्पतालमा २ सयमध्ये १ सय ३२ बेड खाली भएका छन । अहिले भेरी अस्पतालमा ६८ जना मात्रै बिरामी भर्ना छन् । कोरोना संक्रमित घटेपछी अस्पतालले भोलिदेखि ओपिडि सेवा समेत शुरु गर्दैछ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा कोरोना उपचारका लागि छुटटाइएको १ सय ३० बेड मध्ये १ सय ८ बेड खाली भएका छन् । शिक्षण अस्पताल कोहलपुरले जेठ २२ गते देखि नै ओपिडि सेवा सुरु गरिसकेको छ ।

यसै गरी कोरोना संक्रमितलाई शल्यक्रिया सहितको सेवा दिदै आएको बेस्टन अस्पतालका सबै १६ बेड नै खाली भएका छन् । बाँकेमा कोरोना संक्रमण घटे पनि छिमेकी जिल्लाबाट गम्भीर संक्रमित आउने क्रम भने अझै रोकिएको छैन ।

कोरोना महामारीको दोस्रो लहरमा बाँके शुरुमै हट स्पट बनेको थियो । बाँकेमा वैशाख १ देखि हाल सम्म १२ हजार ३ सय ८६ जना संक्रमित भएका छन् ।

ती मध्ये ११ हजार ८ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । २ सय ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *