धादिङमा निषेधाज्ञा असार ८ गतेसम्म लम्बियो

हिमालय टिभी
२०७८ जेठ ३१ गते १४:४७
धादिङमा निषेधाज्ञा असार ८ गतेसम्म लम्बियो

३१ जेठ २०७८ धादिङ । धादिङमा असार ८ गतेसम्म निशेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि जारी लकडाउनलाई केही खुकुलो बनाउँदै ८ गतेसम्म लम्ब्याइएको हो ।

निषेधाज्ञामा खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थ तथा मासु पसल लगायत अत्यावश्यक सामग्री विक्री गर्ने पसल, विकास निर्माणजन्य सामग्री छड़, सिमेन्ट, विद्युतका सामग्रीहरू, स्यानिटरी, हार्डवेयर बिक्री गर्ने दर्तावाल पसलहरू, विद्यार्थीहरूका पुस्तक बिक्री गर्ने पुस्तक पसलहरू र प्रिन्टिङ प्रेसहरू भने बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी खटिई, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी नियमित बैङ्किङ कारोवार गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *