Political Hightlights

एमाले उपाध्यक्ष गौतमसँग उपमहासचिव पौडेलको भेटवार्ता

हिमालय टिभी
२०७८ जेठ ३१ गते १३:०५
एमाले उपाध्यक्ष गौतमसँग उपमहासचिव पौडेलको भेटवार्ता

३१ जेठ २०७८ काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ पूर्वकै पार्टी स्थायी कमिटीको बैठक बोलाउने तयारी गरिरहेका बेला एमाले उपमहासचिव विष्णु पौडेलले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका एमाले उपमहासचिव पौडेलले आज बिहान गौतम निवास भैसेपाटी पुगेर गौतमसित भेटवार्ता गर्नुभएको हो।

प्रधानमन्त्रीसमेत एवम् एमालेका अध्यक्ष ओलीले असन्तुष्ट नेपाल –खनाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहनुभएको छ । भेटमा पार्टी एकताका लागि संस्थापन पक्षबाट गर्नुपर्ने कामका बारेमा केन्द्रीत भएको बताइएको छ ।

गौतमको निजी सचिवालयले दुई नेताबीच भेट भएको पुष्टि गरेको छ । भेटमा उपमहासचिव पौडेलले पार्टी एकताका लागि अध्यक्ष ओली लचक बन्ने जानकारी दिँदै आगामी स्थायी कमिटी बैठकमा सहभागी हुन गौतमलाई आग्रह गर्नुभएको थियो ।

नेता गौतमले यसअघि नेपाल–खनाल पक्षले नयाँ पार्टी खोले साथ दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्