Main News
पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना
२०७८ जेठ ३१ गते १२:५५
३१ जेठ २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ ।
चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले खनाललाई उच्च ज्वरो आएको जानकारी दिनुभयो । बाँस्तोलाले चार पाँच दिनदेखि लगातार ज्वरो आएका खनाललाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको जानकारी दिनुभयो ।
रगतमा कमी देखिएको र अन्य परीक्षणको रिपोर्ट आएपछि थप उपचार गरिने अस्पलालले जनाएको छ ।केही समय अघि खनाल कोरोना संक्रमण भएर निको हुनुभएको थियो ।
प्रतिक्रिया