कांग्रेसले बिहीबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Himalaya Television
२०७८ जेठ ३० गते ८:१७

कांग्रेसले बिहीबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

३० जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।

कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs