Main News

मुख्यमन्त्रीको शपथसँगै गण्डकीमा को को भए मन्त्री ?

हिमालय टिभी
२०७८ जेठ ३० गते ६:२२
मुख्यमन्त्रीको शपथसँगै गण्डकीमा को को भए मन्त्री ?

३० जेठ २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ ।

शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजीव गुरुङ छन् ।

मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपालीलाई प्रदेश प्रमुख सिता कुमारी पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र र एक स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।

यसैबीच सपथ लिएपछि मुख्यमन्त्री नेपालीले कोरोना महामारीबाट नागरिकलाई जोगाउनु आफ्नै पहिलो प्राथामिकता हुने बताउनु भएको छ ।

संघीय सरकारसँग समन्वय गरेर प्रदेशका सबै नागरिकलाई खोप दिने व्यवस्था मिलाउनेमा आफूले ध्यान केन्द्रीत गर्ने उहाँको भनाइ छ ।

त्यस्तै कोरोना महामारीले बिग्रेको अर्थतन्त्र जोगाउने र कोरोनाका कारण चौपट बनेको ब्यापार, व्यवसाय र कृषि क्षेत्रलाई ट्रयाकमा ल्याउने आफ्नो दोस्रो प्राथिमकता रहेको मुख्यमन्त्री नेपालीले सुनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *