राजनीति

भदौमा हुने कांग्रेसको १४औं महाधिवेशन ९ दिनपछि सर्‍यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते १८:५६
भदौमा हुने कांग्रेसको १४औं महाधिवेशन ९ दिनपछि सर्‍यो (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसको भदौमा हुने १४ औं महाधिवेशन ९ दिन पछि सर्ने भएको छ ।

आज बसेको कांग्रेस शीर्ष नेताको बैठकले यसअघि भदौ ६ गतेदेखि गर्ने भनिएको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

यस्तै असार ५ गतेदेखि गर्ने भनिएको गाउँ नगर वडा अधिवेशन एक महिनापछि साउन ६ गते गर्नेगरी कार्ययोजना बनाइको छ ।

पदाधिकारी र पुर्व पदाधिकारीको बैठकले आज गरेको निर्णयलाई अनुमोदन गर्न कांग्रेसले असार ३ गतेका लागि केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठकले क्रियाशील सदस्यताका बारेमा परेको उजुरीमाथि छानबिन गर्ने समितिको म्याद असार २० गतेसम्म थप्ने र यस सम्बन्धी अन्तिम निर्णय गरी नयाँ सदस्यता र नवीकरणको टुंगो लगाउने निर्णय पनि गरेको छ ।

यस्तै आजको पदाधिकारी बैठकले कोरोना महामारीलाई सरकारले आफनो सत्ता जोगाउने रक्षा कवचको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाएको छ।

कोरोना महामारी नियन्त्रणमा सरकारले काम गर्न नसकेको कांग्रेस बैठकको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्