कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२९ जेठ २०७८ सुर्खेत । स्वास्थ्यलाई प्राथमिकतामा राखेर कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोनाका बिरामीलाई निःशुल्क उपचार र खोप उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन प्लान्टसहित ५ सय शैय्याको अस्पताल बनाउने उल्लेख छ । कर्णालीका १० वटै जिल्लामा भेन्टिलेटर सँगै अक्सिजनसहितको ५० शैय्याको अस्पताल स्थापना गरिने भएको छ ।
त्यस्तै कर्णाली प्रदेशकै ठुलो अस्पतालमा रहेको प्रदेश अस्तलालाई शिक्षण अस्तलामा रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरुमा सरुवा रोग अस्तालको स्थापना, जिल्ला अस्पतालमा कम्तीमा एक भेन्टिलेटर र पाँच आई।सी।यू। उपचार, प्रत्येक स्थानीयतहमा १५ शैय्याको अस्पताल र प्रयोगशालाको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख ।
कोरोनाका कारण रोजगारी गुमाएकालाई मुख्यमन्त्री रोजगार कार्यक्रम, अरु आयआर्जनका विकल्प, एक जिल्ला एक उद्यम गाउँलगायतका कार्यक्रम सञ्चालन, व्यावसायिक कृषि उत्पादन, कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै प्रदेश सरकारले २० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया