Main News

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिइएको समयसीमा आज सकिँदै

हिमालय टिभी
२०७८ जेठ २९ गते ८:५२
गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिइएको समयसीमा आज सकिँदै

२९ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दलहरूलाई दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदैछ ।

हिजो प्रदेश प्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । कांग्रेस लगायतका विपक्षी चार दलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको दाबी हिजै पेश गरिसकेका छन्।

नयाँ मुख्यमन्त्रीका लागि ३१ सदस्यको हस्ताक्षरसहित काँग्रेस संसद कृष्णचन्द्र पोखरेलले दाबी पेस गर्नुभएको हो ।

यसैबीच कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम आज दिउँसो २ बजे सार्वजनिक गर्दैछ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको सीआईएनले लाइभ गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *