Main News
ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने सांसद वैद्यमाथि कारवाहीको चेतावनी
२०७८ जेठ २९ गते ८:०४

२९ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने आफ्ना पार्टीबाट बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई उन्मुक्ति नदिइने चेतावनी दिएको छ ।
प्रदेश सभाको हिजोको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए।
गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसरी सडकमा समेत संयमता राख्नुपर्ने बेलामा संसदमा समेत संयमता गुमाउनेलाई उन्मुक्ति दिन नसकिने चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया