Main News

नेपाल प्रवेश गर्‍यो यो वर्षको मनसुन

हिमालय टिभी
२०७८ जेठ २८ गते १९:२३
नेपाल प्रवेश गर्‍यो यो वर्षको मनसुन

२८ जेठ २०७८ काठमाडौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । जुन १३ अर्थात आइतबारबाट मनसुन शुरु हुने भनिए पनि यो पटकको मनसुन दुई दिनअघि नै शुरु भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरेको हो । जसका कारण आजदेखि एक सातासम्म देशभरी नै मौसममा सामान्यदेखि आंशिक बदली हुनेछ ।

आज नेपाल प्रवेश गरेको मनसुन भोलिसम्म देशका सबै भागमा फैलने छ । जसका कारण सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मौसमविद्का अनुसार यो पटक अघिल्ला वर्ष भन्दा धेरै वर्षा हुनेछ । तर, प्रदेश १ मा भने कम वर्षा हुने अनुमान छ ।

सरकारले यो पटकको वर्षाबाट करिब १८ लाख मानिस प्रभावित हुने आँकलन गरेको छ ।

मौसमविद्का अनुसार पहाडी क्षेत्रमा बढी वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम पनि बढेको छ । यो पटकको मनसुन सेप्टेम्बरको अन्तिमसम्म जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *