Main News

सर्वोच्चको आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने

हिमालय टिभी
२०७८ जेठ २८ गते १८:२४
सर्वोच्चको आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने

२८ जेठ २०७८ काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ ।

दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासन गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएपछि एमालेको संस्थापन पक्ष पुनरावलोकनमा जान लागेको हो ।

अदालतको आदेश कानुनअनुसार नभएको ओली पक्षको दावी छ । आन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भैरहेको एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

नेकपा एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । तर बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फ्लोर क्रस गर्ने सांसदलाई महाधिवेशन आयोजक समितिले कारबाही गर्न नसक्ने आदेश दिएको थियो।

एमालेले कर्णाली प्रदेशका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई निष्काशन गरेको थियो । तर अदालतले महाधिवेशन आयोजक कमिटीलाई त्यस्तो कारवाही गर्ने अधिकार नभएको ठहर गरेको छ । अदालतको आदेशसँगै ओली पक्षका कारवाही अवैध भएका छन ।

यसैबीच अदालतको आदेश विपरित भ्याकेटमा जाने ओली पक्षको तयारीका विषयमा नेपाल खनाल पक्षको पनि प्रतिक्रिया आएको छ ।

नेपालखनाल पक्षका नेता बेदुराम भुसालले भ्याकेटमा जाने तयारीले ओली पक्ष पार्टी एकताका पक्षमा नरहेको पुष्टि हुने बताउनुभयो । अदालतले पार्टीलाई एक हुने ठाउँ दिएकोमा ओली पक्ष त्यसलाई नमान्ने अडानमा रहेको देखिएको भुसालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *