Political Hightlights

जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा फेरि पदमुक्त

हिमालय टिभी
२०७८ जेठ २८ गते १३:३३
जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा फेरि पदमुक्त

२८ जेठ २०७८ पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ ।

जनमोर्चाको सिफारिशमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सांसद थापा पदमुक्त भएको घोषणा गर्नु भएको हो । थापाले प्रदेश सभामा ह्विप उल्लंघन गरेकाले कारबाही गरिएको जनमोर्चाले जनाएको छ। 

हिजो प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदा जनमोर्चाले विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुन ह्विप जारी गरेको थियो। तर, थापा तटस्थ बस्नु भएको थियो ।

यसअघि पनि जनमोर्चाले पार्टीको ह्विप नमानेको भन्दै थापालाई कारबाही गरेको थियो। तर, सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै अन्तरिम आदेशमार्फत थमौती गरेको थियो।

थापा पदमुक्त भएपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बन्न सहज हुनेछ ।

अब प्रदेश सभामा कायम रहेको संख्या घटेको छ। थापा पद गएसँगै सरकार बनाउन ३० जना सांसद हुँदा पुग्नेछ। यसअघि नै दीपक मनाङले पनि मुख्यमन्त्री गुरुङलाई साथ नदिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्