Main News
संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पतालमाथि कारबाही गर्ने चेतावनी
२०७८ जेठ २७ गते २०:३४

२७ जेठ २०७८ काठमाडौं । सरकारले सम्झौता अनुसार कोरोना संक्रमितको निशुल्क उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिएको छ ।
कोरोना संक्रमितको उपचार निशुल्क गर्न सम्झौता गरेका सरकारी वा निजी अस्पतालले शुल्क लिएको पाईए कार्वाही गर्ने चेतावनी दिएको हो ।
संक्रमितको आफन्तले चाहेको अवस्थामा बाहेक अन्य अवस्थामा शुल्क लिएको पाइएमा अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने वा प्रचलित कानुन बमोजिम कार्वाही गरिने स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति निकालेर जनाएको छ ।
सरकारले सम्झौता गरेका सरकारी तथा निजी अस्पतालमा छातीको एक्सरे गर्न, उपचारमा प्रयोग हुने सामान्य औषधी स्लाइन, शैया शुल्क, खाजा र खाना, अक्सिजन, रेम्डीसिभिर र प्लाज्माथेरापी निशुल्क हुने व्यवस्था छ ।
प्रतिक्रिया