Political Hightlights

नेता भट्टराईले भने–एमाले एकतामा समस्याको मूल जड मुख्य नेता हुन्

हिमालय टिभी
२०७८ जेठ २६ गते १३:२१
नेता भट्टराईले भने–एमाले एकतामा समस्याको मूल जड मुख्य नेता हुन्

२५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता रहेको बताउनुभएको छ ।

आज बिहान सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफलमार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेता भट्टराईले पार्टी अध्यक्ष केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुँदा अवस्था गम्भिर बनेको बताउनुभएको छ ।

भट्टराईले झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने अवस्थाका कारण पनि गम्भिर समस्या पैदा भएको बताउनुभएको छ ।

पछिल्लो समय ओली र नेपाल दुवैको गुटमा स्पष्ट नदेखिएर आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका भट्टराईले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्