Main News

सत्ता सहकार्यका लागि प्रदेश २ मा मन्त्रालय टुक्राएर दश बनाइयो

हिमालय टिभी
२०७८ जेठ २६ गते ८:१०
सत्ता सहकार्यका लागि प्रदेश २ मा मन्त्रालय टुक्राएर दश बनाइयो

२६ जेठ २०७८ काठमाडौं । कांग्रेस र माओवादीसँग सत्ता सहकार्य हुने भएसँगै प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा बनाएको छ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले १० वटा मन्त्रालय बनाउने निर्णय गरेको हो। पहिलेदेखि नै केही मन्त्रालय टुक्रयाएर १० वटा बनाउने योजना अनुसार नै निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्राएर दुई–दुई वटा बनाइएको बताइए पनि सरकारले औपचारिक जानकारी भने दिएको छैन ।

प्रदेश सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएपछि विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउन मन्त्रालय टुक्रयाएको हो। कांग्रेस र माओवादीलाई सत्तामा ल्याउन सरकारले विभिन्न चरणमा दुवै पार्टीसँग छलफल तथा वार्ता जारी राखेको छ।

तर वार्ता र छलफल जारी रहँदा पनि निष्कर्षविहीन हुने गरेको थियो। आज पुनः दुवै दलबीच सरकारको विषयमा छलफल गर्ने तयारी छ ।

तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिने गरी सत्तामा साझेदारी गराउने सरकारको तयारी छ। तर कांग्रेसले आधा मन्त्रालय आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *