बुढीगण्डकीले बगाएर मलामी गएका तीन युवा बेपत्ता
२०७८ जेठ २६ गते ६:३४
२६ जेठ २०७८ धादिङ । धादिङको मैदीमा नदीले बगाएर तीन जना युवा बेपत्ता भएका छन्।
मलामी गएका ती युवा गर्मी भयो भन्दै बुढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएका हुन्।
चार जनालाई बगाएकोमा एक जना निस्कन सफल भएका छन्। बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ मैदी, ठूलोचौरका अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय एक वृद्धको मृत्यु भएपछि जोगेटार नजिकैको घाटमा सतगत गर्न उनीहरू मलामी गएका थिए। शव नजलाउँदै उनीहरू नदीमा नुहाउन खोजेपछि अन्य मलामीले रोक्ने प्रयास पनि गरेका थिए।
प्रतिक्रिया