Main News

सुदूरपश्चिम प्रदेश एमालेमा एक समूहद्वारा अर्को समूहमाथि कारबाही प्रक्रिया शुरु

हिमालय टिभी
२०७८ जेठ २५ गते १९:०९
सुदूरपश्चिम प्रदेश एमालेमा एक समूहद्वारा अर्को समूहमाथि कारबाही प्रक्रिया शुरु

२५ जेठ २०७८ धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संस्थापन र नेपाल–खनाल समूहले एक अर्कोलाई कारबाही गर्ने प्रक्रिया शुरु गरेका छन् ।

एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।

उता एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताउनु भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदलाई कारबाही गर्न तयारी अगाडि बढाइएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *