Main News

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण तत्काल कार्यान्वयनमा आउँछः मन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते १८:५६
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण तत्काल कार्यान्वयनमा आउँछः मन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आर्थिक वर्षको शुरुवातबाटै कार्यान्वयनमा आउने बताउनु भएको छ ।

अनेरास्वियुको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वय हुने बताउनुभयो ।

उहाँले शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा द्विविधा नराख्न पनि आग्रह गर्नुभयो ।

अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रमको निश्चित प्रारुप तयार गरी तत्कालै कार्यान्वयनका लागि निर्देशन जारी गर्न माग गरेको छ ।

साथै पाँच प्रतिशत व्याजमध्ये चार प्रतिशत सरकारले र एक प्रतिशत विद्यार्थीले बेहोर्ने गरी व्यवस्था मिलाउन पनि उसले ध्यानाकर्षण गराएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *