Main News
गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने
२०७८ जेठ २५ गते १५:०२

२५ जेठ २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्सि २७ गते विश्वासको मत लिने तय भएको छ ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव आज संसद सचिवालयमा दर्ता भएको छ । गुरुङ प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले गत वैशाख २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले पत्र पठाउनुभएको हो ।
६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादीका २ र स्वतन्त्र एक सांसद छन । बहुमतका लागि चाहिने ३१ मत अहिले दुबै पक्षमा छैन ।
प्रतिक्रिया