लुम्बिनी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने (भिडियो रिपोर्टसहित)
२०७८ जेठ २४ गते १९:०९

२४ जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि भोलि दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको विपक्षी दलको आरोपका बीच नीति तथा कार्यक्रम र बजेटको तयारी गरिएको हो ।
नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गरेर देखाउने सरकारका प्रवक्ता बैजनाथ चौधरीले दाबी गर्नुभयो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको भन्दै विपक्षी दलले राजिनामा मागिरहेका छन् । मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा १० करोड रुपैंया थप गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया