Main News

चुरे क्षेत्रमा कुनै प्रकारको उत्खनन् नहुने अर्थमन्त्री पौडेलको दाबी

हिमालय टिभी
२०७८ जेठ २४ गते १९:०३
चुरे क्षेत्रमा कुनै प्रकारको उत्खनन् नहुने अर्थमन्त्री पौडेलको दाबी

२४ जेठ २०७८ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन् नहुने दाबी गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको बजेटबारेको भर्चुअल छलफलमा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रबाट एक डोको माटो पनि नझिकिने स्पष्ट पार्नुभयो ।

बजेटमा ढुंगा गिट्टी बालुवा निकासी गर्ने कार्यक्रम ल्याएकोमा तिब्र विरोध भइरहेका बेला अर्थमन्त्रीको प्रष्टिकरण आएको हो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुने पनि बताउनुभयो । चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयनमा कठिन हुने आशंका गरिएकोमा उहाँले बजेट कार्यान्वयन र निर्वाचन प्रक्रियासँगै अघि बढ्ने बताउनुभयो ।

छलफलमा गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने र त्यसले चुनौती सिर्जना गर्ने बताउनुभयो ।

छलफलमा सहभागी पूर्व अर्थ सचिव शान्तराज सुवेदी तथा अन्य उद्योगी व्यवसायीले श्रोत जुटाउन र बजेट कार्यान्वयनमा चुनौति रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *