राउटे समुदायको वस्तीमा अन्य व्यक्तिको प्रवेशमा रोक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १७:२३
राउटे समुदायको वस्तीमा अन्य व्यक्तिको प्रवेशमा रोक (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको वस्तीमा प्रवेश गर्न रोक लगाएको छ ।

वस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि प्रशासनले कडाइ गरेको हो । राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका तीन जना विरुद्ध सुर्खेत प्रहरीमा आज जाहेरी दर्ता भएको छ ।

१९ र २३ वर्षीया युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

उनीहरुमाथि मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन माग गरिएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *