Main News

व्यक्तिका नाममा लगिएको कति सरकारी जग्गा फिर्ता भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १४:५१
व्यक्तिका नाममा लगिएको कति सरकारी जग्गा फिर्ता भयो ? (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले व्यक्तिका नाममा गएका सरकारी जग्गा फिर्ता गर्न आफु सफल भएको बताउनुभएको छ ।

तुम्बाहाङ्फेले सुनसरीमा १ सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचका लागि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकाली सम्मको भुभागमा नापजाँच गरिसकेको पनि जानकारी दिनुभयो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *