Main News

पप्पु कन्स्ट्रक्सनले समयमै काम नगरेको भन्दै विरोध प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १४:३०
पप्पु कन्स्ट्रक्सनले समयमै काम नगरेको भन्दै विरोध प्रदर्शन (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनी र हरपतगञ्जका बासिन्दाले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले समयमै काम नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

तीन वर्षसम्म पनि सडक निर्माण नगरेको भन्दै स्थानीय बासिन्दाले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र हरिनारायण रौनियार लगायतको पुत्ला जलाएर विरोध प्रर्दशन गरेका छन् ।

शहरी विकास कार्यालय मातहतमा रहेको सुख्खा बन्दरगाह देखि वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक ३ वर्षमा पनि पूरा नभएपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

सडक बनाउने भनेर आफूहरुका घर समेत भत्काएको तर काम भने पुरा नभएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *