Main News

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अलमलमा

हिमालय टिभी
२०७८ जेठ २४ गते ९:२६
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अलमलमा

२४ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइ हुन सकेको छैन ।

आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । हिजो इजलासबारे नै सवाल जवाफ भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केही वकिलहरूले इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यो मुद्दा हेर्न नमिल्ने तर्क गरेपछि र अरूले अहिलेको संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना कुनै पनि न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि इजलास, मुद्दामा प्रवेश नै गर्न नसकेको हो ।

प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने भन्दै मुद्दा हाल्ने वकीललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निवेदन फिर्ता लिन वा कारर्वाही भोग्न तयार हुन चेतावनी दिनुभएको छ ।

संसद विघटन विरुद्ध परेको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलाशका न्यायाधीशहरु विरुद्ध पक्षका वकीलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आज नयाँ इजलाश बनाउनुभएको हो । त्यसमा पनि विवाद देखिएको हो । हिजो मुद्दामा प्रवेश नै नगरी संवैधानिक इजलास उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *