अध्यक्ष ओलीको आह्वानमा नेपाल पक्ष धारणा बनाउँदै

२४ जेठ २०७८ काठमाडौं । नेकपा एमालेमा पार्टी एकताका विषयमा नयाँ ढंगले छलफल हुने भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानका विषयमा माधवकुमार नेपाल पक्षले आज छलफल गर्ने भएको छ । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान स्पष्ट र पार्टी एकतामा इमान्दार नभएको भने पनि छलफलबाट निस्कर्षमा पुगिने उनीहरुको भनाई छ ।
औपचारिक धारणा तय गर्न आज नेपाल पक्षको स्थायी समितिको बैठक बोलाइएको छ । बिहान १० बजे बोलाइएको स्थायी कमिटीको बैठकपछि औपचारिक र आधिकारिक धारणा सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेता वेदुराम भूषालले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले गए राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गर्नु भएको छ । आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने सर्त राखिएको छ । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार गर्नुपर्ने नेपाल पक्षको धारणा छ ।
प्रतिक्रिया