Political Hightlights

महासचिव पोखरेलले भने–अध्यक्षले पार्टीमा भूमिका खेल्न सरकारबाट बाहिर राख्नु भएको हो

हिमालय टिभी
२०७८ जेठ २३ गते १३:४८
महासचिव पोखरेलले भने–अध्यक्षले पार्टीमा भूमिका खेल्न सरकारबाट बाहिर राख्नु भएको हो

२३ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भूमिका खेल्नु पर्ने भएकाले आफूलाई मन्त्रिपरिषद्‌बाट बाहिर राखेको स्पष्ट पार्नुभएको छ ।

गत शुक्रबार उपप्रधानमन्त्रीबाट पदमुक्त भएका पोखरेलले आज फेसबुकमा लामो स्टेटस लेख्दै अब महासचिवको हैसियतले पार्टीलाई एक बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

उहाँले अहिले कतिपयले भन्ने गरेजस्तो ‘सबैतिर छ पार्टी – तर कहिँ पनि छैन पार्टी’ जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौतीको सामना गर्न आफू लागि पर्ने बताउनुभयो । महासचिव पोखरेलले पार्टी एकता पनि अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले आर्थिक विकास र समृद्धिको अभियानलाई कमजोर पार्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउन देशी विदेशी तत्वहरु लागि रहेको आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले सरकारमा रहेका बेला आफूबाट र आफ्नो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेको बताउनुभयो ।

शुरुमा मन्त्रीका रुपमा सरकारमा सहभागी भएका पोखरेललाई पछि प्रधानमन्त्रीको कार्यालय हेर्नेगरी उपप्रधानमन्त्री बनाइएको थियो । ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र’ मा संयोजक रहेका पोखरेल बारम्बार विवादमा तानिनु भएको थियो ।

कोरोनाको रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न पोखरेलले नै नियमविपरित रुपमा ओम्नी इन्टरनेशननललाई जिम्मेवारी दिन भूमिका खेलेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्