Main News

मन्त्रिपरिषद् पुनर्गठन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

हिमालय टिभी
२०७८ जेठ २३ गते १३:३६
मन्त्रिपरिषद् पुनर्गठन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

२३ जेठ २०७८ काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन तथा त्यसबाट निसृत सबै कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा नै गैर संवैधानिक, कपटपूर्ण एवं संविधान विपरीत भएको रिटमा उल्लेख छ ।

संविधानको धारा २, ७४, ७७ (ग) एव संविधानको धारा ७७ (३) को प्रतिकूल रहेकाले सबै कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *