Main News

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति एमाले नेपाल–खनाल समूहको आपत्ति

हिमालय टिभी
२०७८ जेठ २३ गते ७:३४
उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति एमाले नेपाल–खनाल समूहको आपत्ति

२३ जेठ २०७८ काठमाडौं । नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनुपर्ने उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिब्यक्तिप्रति नेकपा एमालेको माधव नेपाल पक्षका १५ जना नेताले आपत्ति जनाएका छन् ।

विज्ञप्ति जारी गर्दै नेपाल पक्षका १५ जना स्थायी कमिटी सदस्यले महतोको अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलसँग माग पनि गरेका छन् ।

महतोको अभिव्यक्ति संविधान विरोधी भएको र कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने समेत उक्त विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्तिसंग्रामको कुरा गर्नु राष्ट्रिय हित र अखण्डताको विरोधमा रहेको विज्ञप्तीमा उल्लेख छ ।

महतोको उक्त अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित व्यवस्थाको विरुद्ध भएको समेत ती नेताहरुको आरोप छ ।

नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त विज्ञप्ती निकाल्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *