राजनीति

जसपाको ठाकुर समूह प्रतिगमनको मतियार बनेको बहुमत पक्षको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १९:१३
जसपाको ठाकुर समूह प्रतिगमनको मतियार बनेको बहुमत पक्षको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको बहुमत पक्षले ठाकुर समूह प्रतिगमनको मतियार बनेर सरकारमा सहभागी भएको प्रतिक्रिया दिएको छ ।

हिमाल टेलिभिजनसंग कुरा गर्दै नेता मोहम्मद इस्तियाक राईले संविधान र कानूनलाई खिल्ली उडाउँदै ठाकुर समूहले प्रगिमगमनलाई साथ दिएको आरोप लगाउनु भयो । उहाँले मधेस, पहिचानका निम्ती संघर्ष गर्नेका लागि यो अन्तरघात भएको बताउनुभयो ।

माग हाताहाती र नगदी रुपमा पूरा हुनुपर्ने बताइरहेको ठाकुर समूह अहिले मधेसका मुद्दालाई छाडेर सरकारमा गएको पनि राईले आरोप लगाउनुभयो ।

जेठ ८ गते नै ओली सरकारमा जो कोही पनि सहभागी भए कारवाही गर्ने निर्णय भएको भन्दै नेता राईले अब त्यसै अनुसार अघि बढ्ने बताउनुभयो ।

नेता राईले निर्वाचन आयोगले राजनीतिक दल सम्बधी ऐन र नियामवली र पार्टीको विधान अनुसार आफुलाई आधिकारिकताको मान्यता दिनुपर्ने बताउनुभयो ।

 

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्