राजनीति

एमाले विभाजनको संघारमा पुगेको नेपाल–खनाल समूहको निष्कर्ष

हिमालय टिभी
२०७८ जेठ २२ गते १९:०९
एमाले विभाजनको संघारमा पुगेको नेपाल–खनाल समूहको निष्कर्ष

२२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विभाजनको संघारमा पुगेको निष्कर्ष निकालेको छ ।

उक्त समूहको आज बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय पनि गरेको छ ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले आवस्यक निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको थियो । अध्यक्ष ओलीले वार्ताका नाममा झुलाउने र नेताहरुलाई कारवाही गर्दै जाने रणनीति अख्तियार गरेको निष्कर्ष बैठकले निकालेको एक नेताले जानकारी दिए ।

यद्यपी बैठकले तत्काल नयाँ पार्टी बनाउनेबारे ठोस निर्णय भने गरेको छैन । कार्यदल भंग गरेर अध्यक्ष ओली वार्ताबाट समेत भागेको पनि नेपाल–खनाल समूहको आरोप छ । अध्यक्षले नचाहे पनि एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय भएको नेता गोकर्ण विष्टले जानकारी दिनुभयो ।

नेपाल–खनाल समूहले कामचलाउ सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर संविधान र कानूनविपरीत काम गरेको ठहर गर्दै विरोध गरेको छ ।

यस्तै बैठकले ढुंगा गिट्टी बालुवा भारत निकासी गर्ने सरकारी निर्णय आपत्तिजनक भएको ठहर समेत गरेको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल खनाल पक्षले यसबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई भनेको छ ।

कोरोना संक्रमण रोकथाममा सरकार उदासिन देखिएको भन्दै नेपाल खनाल समूहले संक्रमितको उपचार र खोप ल्याउनेतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्