राजनीति

प्रधानमन्त्री ओलीको सत्ताप्रतिको आशक्तिलाई ठाकुर समूहले उपयोग गरेको कांग्रेसको प्रतिक्रिया ​(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १६:५०
प्रधानमन्त्री ओलीको सत्ताप्रतिको आशक्तिलाई ठाकुर समूहले उपयोग गरेको कांग्रेसको प्रतिक्रिया ​(भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गर्नुभएको छ ।

सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताउनुभयो ।

पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर संविधान, कानून मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताउनुभयो । मधेशका खास मुद्दालाई थाती राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाउनुभयो ।

कोरोना संक्रमणको जोखिममा आफुविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभा पनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफुहरुको विश्वास रहेको पनि नेता महतले बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्