Main News

नक्साल र सिफलको बालमन्दिरका ४६ बालबालिकासहित ५२ जनाले जिते कोरोना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १६:३८
नक्साल र सिफलको बालमन्दिरका ४६ बालबालिकासहित ५२ जनाले जिते कोरोना (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । काठमाडौंको नक्साल र सिफलको बालमन्दिरका ४६ जना बालबालिकासहित ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

बालमन्दिरमा बस्दै आएका बालबालिका र कर्मचारी गरी एकै पटक ५३ जनालाई कोरोना संक्रमण भएको थियो ।

त्यसपछि संक्रमित सबैलाई कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले सञ्चालन गरेको आइसोलेसनमा राखिएको थियो ।

संक्रमणमुक्त भएका बालबालिका आइसोलेशनबाट आजै बाल मन्दिर फर्केका छन् । कोरोनाको पहिलो लहरमा बालबालिका कमै संक्रमित भए पनि दोश्रो लहरमा भने धेरै बालबालिका संक्रमित छन् ।

विज्ञले कोरोनाको तेश्रो लहर आउने र त्यो बालबालिकाका लागि झनै खतरनाक हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *