Main News

एमालेको नेपाल–खनाल समूह अब ओलीको भुलभुलैयामा नपर्ने, नयाँ पार्टी गठनको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १९:२१
एमालेको नेपाल–खनाल समूह अब ओलीको भुलभुलैयामा नपर्ने, नयाँ पार्टी गठनको तयारी (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको भूलभूलैयामा नपर्ने भन्दै नयाँ पार्टी बनाएर अघि बढ्ने बताउनुभएको छ ।

केन्द्रीय कमिटीको भर्चुअल बैठकमा नेपालले यसबारेमा थप निर्णय भोलि स्थायी कमिटी बैठक बसेर गर्ने पनि जानकारी गराउनुभएको छ । नेपालले ओलीले एकता नचाहेकाले नै आफू र वार्ता कमिटीका संयोजक भीम रावललाई कारवाही गरेको बताउनुभयो ।

ओली कम्युनिष्ट आन्दोलन र अहिलेको राजनीतिक प्रणाली समाप्त गर्न योजनाबद्ध ढंगले लागेको पनि नेपालको आरोप छ । वार्ताको ढोका खुला राखेरै पार्टी बनाउनुपर्नेमा नेपालले जोड दिनुभएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले नयाँ क्रान्तिकारी पार्टी बनाएर जानुपर्नेमा जोड दिएका छन । बैठकमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतका नेताले एकता प्रक्रिया लगभग सकिएको भन्दै नयाँ पार्टी बनाउन सुझाव दिनुभएको छ ।

केही नेताले भने अध्यक्ष केपी शर्मा ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने भन्दै अन्तिम अवस्थामा पार्टी बनाउनुपर्नेमा जोड दिएका छन ।

बैठकमा बोल्दै नेताहरु गोकर्ण बिष्ट र योगेश भट्टराईले ओलीसँगको वार्ता पनि संघर्षकै रुप भएको बताउनुभयो । वार्तालाई आत्मसमर्पणका रुपमा नबुझ्न पनि उहाँहरुले आग्रह गरेको एक नेताले जानकारी दिएका छन ।

ओलीसँग संघर्ष नै प्रधान भएको र एकताका लागि वार्ता त्यसैका लागि गरिएको उहाँहरुको दावी छ । बैठकमा एमालेका ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *