Main News

ललितपुर महानगरले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई एक लाख दिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १८:१३
ललितपुर महानगरले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई एक लाख दिने (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिको कोरोनाका कारण मृत्यु भएमा परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिनुभयो ।

यस्तै आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड ( १९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

महानगरपालिकाले दिने सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने छ ।

महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि मेयर महर्जनले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *