Main News

दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

हिमालय टिभी
२०७८ जेठ २१ गते १५:२५
दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

२१ जेठ २०७८ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

नेपाललाई भेदभाव तथा जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष पुरा भएको अवसरमा आयोगले आज विज्ञप्ती निकालेर दलितको हक अधिकार रक्षा गर्न आग्रह गरेको हो ।

संविधानमा प्रत्येकले सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था भए पनि त्यस विपरित जातीय विभेदका घटनामा कमी आउन सकेको छैन । छुवाछुत र भेदभाव गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै आयोगले चिन्ता जनाएको छ ।

त्यस्तै जातीय विभेद तथा छुवाछुत निर्मूल गर्न कानूनको कार्यान्वयनमा सहयोग गर्न पनि आयोगले सबै सरोकारवाला निकाय र सरकारलाई आग्रह गरेको छ ।

दलित समुदाय कोभिड महामारीको उच्च जोखिममा रहेको भन्दै आयोगले उनीहरुलाई आवश्यक राहत र उचित स्वास्थ्य उपचारमा पहुँचका लागि पहल गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *